दफा ४०
विदेशी राष्ट्रसँग भएको व्यवस्थालाई लागू गर्ने अधिकार
: (१) नेपाल …………. र अरु विदेशी राष्ट्रहरुको बीचमा हुलाक अड्डा मार्फत धनादेशहरु पठाउने र त्यसको भुक्तानी गर्ने सम्बन्धमा भएको व्यवस्थालाई लागू गर्न नेपाल सरकारले नियमहरु बनाउने सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकार सर्वमान्यतामा कुनै प्रतिकुल प्रभाव नपारी खास गरेर ती नियमहरुमा देहायका कुराहरुको व्यवस्था गर्न सकिनेछ :-
(क) नेपाल ………. बाट त्यस्तो आदेशहरु पठाउँदा र नेपाल……….. मा त्यस्तो आदेशको भुक्तानी गर्दा अपनाउनु पर्ने तरिका र पालन गर्नुपर्ने शर्तहरु, र
(ख) सो बापत लाग्ने कमिशनको दर ।